गोरखाको आरुघाटमा करेन्ट लागेर एकको मृत्यु


गोरखा खबर
  • बुधबार, असोज १५ २०७६

  • गोरखाखबर(गोरखा,१५ असोज) । गोरखाको आरुघाटबजारमा बुधवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर केरौंजाका अन्दाजी ४० वर्षीय धनबहादुर गुरुङ्गको मृत्यु भएको हो ।

    आरुघाट बजार बगैंचाटोल स्थित आफ्नै घरमा गुरुङ्गको परम्परागत झण्डा(ध्वजा) राख्ने क्रममा घर संगै रहेको बिजुलीको मुख्य लाइनमा छुइन जादा करेन्ट लागेर उनको मृत्यु भएको आरुघाटका स्थानीय धमेन्द्र श्रेष्ठले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार