समाजवादी पार्टीको चुनाव चिन्ह हत्केला


गोरखा खबर
  • बिहिबार, असोज ९ २०७६

  • गोरखाखबर(काठमाण्डौं,९ असोज) । डा.बावुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीको चुनाव चिन्ह हत्केला हुने भएको छ । निर्वाचन आयोगले विभिन्न दल लाई चुनाव चिन्ह प्रदान गर्ने क्रममा समाजवादी पार्टी लाई पाँच औला सहितको हत्केला प्रदान गरेको हो ।

    निर्वाचन आयोगका अनुसार ग्रिन पार्टी नेपाल लाई त्रिशुल, नेपाल लोकतान्त्रिक पार्टी लाई दुइ हात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी( लोकतान्त्रिक) लाई साँढे गोरु, नेपाल कम्युनिष्ट पार्टी(ने क पा) लाई सूर्य, समाजवादी पार्टी लाई पाँच औला सहित हत्केला, साझा पार्टी लाई तराजु, राष्ट्रिय प्रजातन्त्र पार्टी( संयुक्त) लाई हलो ,मुस्कान सेना नेपाल लाई पुरुष, नेपाल परिवार दल लाई साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) लाई हसियाँ, हाम्रो पार्टी लाई धारा, मंगोलनेशनल अर्गनाइजेशन लाई कुखुराको भाला , नेपालवाद लाई तारापुन्ज, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी नेपाल लाई हवाइजहाज, नेपाली काँग्रेस(बी.पी.) लाई करुवा, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल लाई ट्रयाक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपाल लाई ह्रदय, राष्ट्रिय नागरिक पार्टी लाई चङ्गा, जनमत पार्टी(जपा) लाई लाउड स्पिकर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल) लाई हँसिया माथी धानको बाला खप्टीएको र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) लाई गोलाकार भित्रको हसियाँ हथौडा चिन्ह प्रदान गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार