गोरखामा दशैं सस्तो बजार मेला शुरु


गोरखा खबर
  • बुधबार, असोज ८ २०७६

  • गोरखाखबर(गोरखा,८ असोज) । नजिकीदै गरेको दशैं लाई लक्षित गर्दै गोरखामा दशैं सस्तो बजार मेला २०७६ शुरु भएको छ । गोरखा चेम्वर अफ कमर्शले आयोजना गरेको मेला आगामी असोज १७ सम्म चल्नेछ ।

    हरमटारी खेलमैदानमा आयोजना भएको मेलामा कपडा, जुत्ता, खानेकुरा, अचार, श्रृङ्गारका सामाग्रीहरु विक्रीका लागि विभिन्न स्टलमा राखिएको छ । मेलाका आर्कषणका रुपमा दैनिक विभिन्न राष्ट्रिय कलाकारका प्रस्तुती र बालउद्यान रहेको छ । मेला र दशैं अवधिभर दुर्गाको मूर्ति मेला स्थलमै पुजाको व्यवस्था समेत गरिएको गोरखा चेम्वर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । गत वर्ष पनि चेम्वर अफ कमर्शले नै दशै सस्तो बजार मेलाको आयोजना गरेको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार