अपाङ्ग युवती बलात्कारको आरोपमा पक्राउ


गोरखा खबर
  • आइतबार, असोज ५ २०७६

  • गोरखाखबर(गोरखा,५असोज) । अपाङ्गता भएकी युवती बलात्कार गरेको आरोपमा धन बहादुर पुन मगर पक्राउ परेका छन । रोल्पा घर भएका ४० वर्षीय मगर लाई पालुङटार नगरपालिका च्याङलीकी २१ वर्षीय कम्मर भन्दा मुनिको भाग नचल्ने युवती लाई बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    जाहेरीमा उल्लेख भए अनुसार भट्टीमा मगर र युवतीका बावुले संगै रक्सी खाए पछि घरमा खान खान लगे । खाना खाए पछि युवतीका बुवा सुतेको बेला मगरले बलात्कार गरे । मगर लाई जबरजसती करणी सम्वन्धी कसुरमा अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार