गोरखाखबर(गोरखा,४ असोज) । संविधान दिवस २०७६ को अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लास्तीय खुल्ला मेन्स डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि बारपाक सुलिकोटका कृष्ण गुरुङ्ग र राजु बि.क.को जोडीले जितेका छन ।
हरमटारी स्थित कभर्डहलमा भएको प्रतियोगितामा ओम प्रसाद अधिकारी र रमेश थापाको जोडी लाई पहिलो सेटमा २१–१७ र तेस्रो सेटमा २१–१८ ले हराउँदै उपाधि हात पारेको हो । त्यस्तै प्रतियोगितामा ओमप्रसाद अधिकारी र रमेश थापाको जोडी दोस्रो ,प्रकाशचन्द्र श्रेष्ठ र रमेश श्रेष्ठ, यमजंग थापा र कृष्णको जोडी तेस्रो भएका हुन । विजयी खेलाडीहरु लाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङ्ग र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले ट्रफी एवं प्रमाणपत्र वितरण गरेका थिए ।