गोरखाखबर(गोरखा,४ असोज) । गोरखा सहित आसपासको जिल्लामा शनिवार बिहान भूकम्पको धक्का महसुस भएको छ । गोरखाको केराबारी केन्द्रविन्दु भएर शनिवार बिहान ६ बजेर १९ मिनेटमा ४ म्याग्नीच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका अनुसार २०७२ बैशाख १२ मा बारपाक केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पको पराकम्प भएको हो । तनहुँ, लम्जुङ र धादिङ्ग लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।