गोरखाखबर(गोरखा,३ असोज) । संविधान दिवस, २०७६ को अवसरमा गोरखामा पनि शुक्रवार विविध कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीतामा बिहान गोरखाबजारमा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो ।
गोरखा बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक यो संविधानले दिएको उपलब्धीहरुको रक्षा गर्दै विकास र समृद्धि तर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन ।