गोरखाखबर(गोरखा,३० भदौं) । यात्रुवाहक बसमा पकेट मार्ने दुई भारतीय महिला गोरखामा प्रहरीले पक्राउ गरेको छ । भारत मुजफ्फरपुर थाना घर भएकी ३० वर्षीय उमादेवी पासी र चन्द्रमुखी मासी लाई पकेट मारेको पैसा सहित आइतवार प्रहरीले पक्राउ गरेको हो । गोरखा नगरपालिका तह्रकिलो बस्ने ७५ वर्षीय पनिमाया गुरुङ्गले छोराले आइएमय गरेर पठाएको बिसहजार रुपियाँ लिएर बाह्रकिलो
बजारबाट बसमा घर तर्फ जाने क्रममा पकेट मार्ने उनीहरु लाई प्रमाण सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।