गोरखाखबर(गोरखा,३० भदौं) । सरकारको घोषणा अनुसार तुइन विस्थापन गर्नुपर्ने १२ स्थान मध्ये १० स्थानमा पुल बनिसकेको छ । तर गोरखा जिल्लाको घ्याल्चोक र ठेउवाटारमा त्रिशुली नदी माथीको झोलुङ्गेपुल निर्माणमा ढिलाई हुदा अझै स्थानीयहरु जोखिम मोलेर तुइन तर्न बाध्य रहेको घ्याल्चोककी गंगा रेग्मीले बताइन ।
सार्वजनिक पुल लाई झोलुङ्गे पुलले विस्थापन गर्ने कार्यक्रम अन्र्तगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत चरौंदी झोलुङ्गे पुल र दारेचोक झोलुङ्गे पुल निर्माणको जिम्मा नयांबाटो /मना कन्स्ट्रशन जेभीले नै लिएको हो । नयांबाटो /मना कन्स्ट्रशन जेभीले २०७३ मंसिर २६ गते गोरखा घ्याल्चोकको १ करोड ८१ लाख रुपिया र ताक्लुङ्ग थेउवाटारको १ करोड ३६ लाख रुपियाको लागतमा त्रिशुली नदी माथी दुवै झोलङ्गे पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर दुवै पुलको अहिले बल्ल जीप निर्माणको काम हुदैछ । गोरखामा त्रिशुली, बुढीगण्डकी, दरौंदी, मस्याङ्गदी र चेपे नदी गरी १२ स्थानमा तुइन रहेकोमा अहिले १ स्थानमा मोटरेबल पुल, ९ स्थानमा झोलुङ्ग पुल बनिसकेको र २ स्थानमा पुल बन्न बा“की रहेको छ । गोरखाको घ्याल्चोकस्थित चाइनाघाटमा त्रिशुली नदीमाथीको तुईन २०६८ असार १३ गते चुडिदा ५ जनाले ज्यान गुमाउनुप¥यो । तरकारी लिएर चढेको १० जनामध्ये ५ जना बाच्न सफल भए भने ५ जनाको शव समेत फेला परेन ।