विद्युत विग्रिए पछि गोरखा अन्धकार


गोरखा खबर
  • मंगलबार, भाद्र १० २०७६

  • गोरखाखबर(गोरखा,१०भदौं) ।वर्षा संगै सोमवार साँझ परेको चट्याङ्गले गोरखा स्थित विद्युत सवस्टेशनमा क्षति पुगे पछि जिल्लाभरी विद्युत सेवा अवरुद्ध भएको छ ।

    गोरखा सदरमुकाम स्थित ११ केबिए सवस्टेशनमा चट्याङ्गले क्षति पुगे पछि २४ घण्टा देखि अन्धकारमय बनेको छ । विद्युत अवरुद्ध हुदा सरकारी कार्यालय तथा सहित विद्युतबाट प्रवाह हुने सेवा क्षेत्रका काम समेत प्रभावित बनेको छ । विद्युत लाई दिने वित्तिकै नजिकै विद्युत पोलमा आगो लागि हुने गरेको स्टेशनका कर्मचारीहरुको भनाई छ । पोखराबाट आएको प्राविधिक टोलीले समस्या पत्ता लगाउने प्रयास गरिरहेको तर पत्ता लाग्न नसकेको सवस्टेशन गोरखाले जनाएको छ । सुचारु हुन २÷३ दिन लाग्न सक्ने नेपाल विद्युत प्राधिकरण गोरखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार