गोरखाखबर(गोरखा,७ भदौं) । कम्प्युटर एसोशिसन अफ नेपाल (क्यान) महासंघ नेपाल गोरखाले संस्थापक सदस्यहरु लाई सम्मान गरेको छ । क्यान महासंघ गोरखाको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा स्थापनाका महत्वपूर्ण योगदान गरे वापत ६ जना संस्थापक सदस्यलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा भीमलाल श्रेष्ठ, सुशीलबावु श्रेष्ठ, अशोकबावु रानामगर, शिशिर प्रधान, नकुल थापा र राजुबावु श्रेष्ठ रहेका छन । क्यानका अध्यक्ष प्रेमध्वज थापामगरको सभापतित्वमा भएको उद्घाटनका कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका उपप्रमुख बिना कुमारी श्रेष्ठले संस्थापक सदस्यहरु लाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।