गोरखाखबर(गोरखा,७ भदौं) । कम्प्युटर एसोशियसन अफ नेपाल(क्यान) महासंघ गोरखाको अध्यक्षमा नोख बहादुर बोगटी सर्वसम्मत रुपमा चयन भएका छन । महासंघ गोरखाको शनिवार सम्पन्न छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले बोगटीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुदिप कोइराला, सचिवमा बावुराम तिवारी, सहसचिवमा सानुकाजी श्रेष्ठ र कोषाध्यक्षमा भक्तराम रानामगर लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा दिनेश श्रेष्ठ, दिपक पाण्डे, यम बहादुर बसेल, रुबिन कुँवर, सुसारा रानामगर र पुर्ण कुमारी प्रधान(शाही)चयन भएका छन ।