गोरखाखबर(गोरखा,३0 साउन) । गोरखाको पालुङटार नगरपालिका–५ चिहानडाँडा जंगलबाट ८ जना लाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी अनुसन्धान व्यरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोली टेन्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा ३ लाख ८७ हजार २ सय ५० रुपियाँ नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्ने ८ जनामा गोरखा, लम्जुङ र तनहुँका रहेका छन । पक्राउ पर्नेहरुमा दामोदर घिमिरे, पालुङटार नगरपालिकाका रुप बहादुर गुरुङ, गोरखा नगरपालिकाका झमबहादुर भुजेल, बन्दिपुर गाउँपालिकाका किरणकुमार श्रेष्ठ, भानु नगरपालिकाकी नसिमुन मियाँ, व्यास नगरपालिकाका नवराज शर्मा, वेशीशहर नगरपालिकाका दुर्गा घिमिरे र भरत पौडेललाई पक्राउ गरेको गोरखा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरु लाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउन तयारी भइरहेको छ ।