गोरखाखबर(काठमाण्डौं,२६साउन ) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमाआफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ ।
अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनु भयो ।सहप्रवक्ता घिमिरेले आफ्नो खाता सक्रिय गरीखातामा जम्मा भएको रकम निकालेर निजीआवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गर्नुभयो ।समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्त्रिmय तुल्याउने पनि उहााले जानकारी दिनुभयो ।आइतबार अपरान्हसम्मको तथ्यांकअनुसारपहिलो किस्ता लिएका७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।