गोरखाखबर(गोरखा,२४ साउन) । गोरखामा विप्लव समूहका ३ कार्यकर्ता शुक्रवार पक्राउ परेका छन ।
कास्की जिल्ला सेक्रेटरी रोल्पा घर भएका वर्ष ४१ का जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य भोजपुर घरभएका २६ वर्षका मिलन राई र विद्यार्थी संगठन कास्कीका अध्यक्ष गोरखा बारपाक सुलिकोट घर भएका २८ बर्षका काजी गुरुङ्ग लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना लाई सार्वजनिक शान्ति विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।