गोरखामा संंघर्षको इतिहासको परिचर्चा


गोरखा खबर
  • शनिबार, साउन १८ २०७६

  • गोरखाखबर(गोरखा,१८ साउन) । लेखनाथ न्यौपानेद्वारा लिखित “संघर्षको इतिहास” पुस्तकको परिचर्चा कार्यक्रम गोरखामा आइतवार सम्पन्न भएको छ ।

    प्रगतिशील लेखक संघ गोरखाले आयोजना गरेको पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटिका सदस्य घनश्याम भुसालले लोकतान्त्रिक एकताका साथ काम गर्ने पार्टी बनाएर राष्ट्रिय पुंजीको विकास गर्दै नेपाली चहराको समाजवाद शुरु गर्न सकिने तर्क गरेका छन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुस्तकका लेखक लेखनाथ न्यौपानेले लेखक भएर राष्ट्रिय अन्तराष्ट्रिय ख्याती कमाउने मोह नराखी आफूले पुस्तकमा आफ्नो दृष्टिकोण भन्दा पनि केही प्रश्नहरु उठान गरेको मात्र गरेको बताए । विशेश्वर कट्टेलको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रममा प्रा.डा.हेमराज ढकाल र उपप्राध्यापक ऋषि खनालले पुस्तकको परिचर्चा गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार