गोरखाखबर(गोरखा,१५साउन) । सवारी दर्ता किताबको नविकरण महलमा किर्ते गर्ने दुइजना लाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका–६ कालीमाटीमा गत जेठ १४ गते सवारी चेकजाँचको क्रममा बा.१च.१०३० नम्वरको जीप चालक किर्तीपुर नगरपालिका–४ घर ५० वर्षीय हरिहर खत्रीका सवारी दर्ता किताबको नवीकरण महलमा किर्ते गरी नविकरण गरेको फेला परे पछि उन लाई पक्राउ गरेको थियो । खत्रीकै वयानको आधारमा काभ्रेपलान्चोकका निमा दोर्जे लामाको पनि संलग्नता खुल्न आएको थियो । फरार लामा लाई पनि काठमाण्डौंबाट पक्राउ गरी बुधवार गोरखा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक हिम बहादुर खत्रीले जनाएका छन ।