भिमसेन थापा गाउँपालिकामा बिदा


गोरखा खबर
  • बुधबार, साउन ८ २०७६

  • गोरखाखबर(गोरखा, ८ साउन )। गोरखाको भिमसेन थापा गाउँपालिकाले बिहीवार सार्वजनिक बिदा दिने भएको छ । गत साउन ३ गते बसेको कार्यपालिकाको बैठकले राष्ट्रिय विभूति भीमसेन थापाको जन्मजयन्तीको रुपमा प्रत्येक वर्ष साउन ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    साथै २४४ औं भीमसेन थापा जन्मजयन्ती उनको पुरानो दरबारको रुपमा परिचित बोर्लाङको चण्डीथोकमा मनाउने कार्यक्रम रहेको पनि गाउँपालिकाद्वारा प्रकाशित सार्वजनिक सुचनामा उल्लेख छ ।

    भीमसेन थापाको गोरखाको पिपलथोक भएको इतिहासमा उल्लेख छ । थापा १८०६ देखि १८३७ सम्म नेपालको मुख्तियार( प्रधानमन्त्री सरह) थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार