गोरखाखबर(गोरखा, ५ साउन) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गोरखा जिल्ला ईन्चार्जको जिम्मेवारी कृष्ण धितालले पाएका छन । त्यस्तै गोरखा जिल्लाको सह–ईन्चार्जको जिम्मेवारी परशुराम रम्तेल, सुशिला सिंखडा र चुडामणी जंगली लाई दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आइतवार बसेको केन्द्रीय सचिवालयको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकामा केन्द्रीय कमिटिको सदस्यहरु लाई ईन्चार्जको र सह– ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तीमा ईन्चार्जको र सह– ईन्चार्जको जिम्मेवारी पाउनेहरुको नामावली उल्लेख छ ।
(ईन्चार्ज र सह–ईन्चार्जमा नामावली)




