गोरखाखबर (गोरखा,४ असार )नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख समृद्धिका लागि आफूहरु एकतावद्ध भएको दाबी गरेका छन । सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठानद्वारा शनिवार गोरखामा आयोजित नेकपा क्रान्तीकारी माओवादीका पोलिटव्युरो सदस्य स्वर्गीय श्रीनाथ अधिकारीको श्रद्धाञ्जली सभामा बोल्दै नेकपा प्रवक्ता श्रेष्ठले सरकारमा गएर जनता लाई जोड्दै आर्थिक सामाजिक रुपान्तरण समाजवाद समृद्धिको लक्ष्य नै नेकपा लक्ष्य भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा संघीय सांसद हरिराज अधिकारी, नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, अधिकारीका सहकर्मी भक्ति लामिछाने, नेकपा गोरखाका सचिव प्रेम गुरुङ्ग र अधिकारीका छोरा नारायण अधिकारी लगायतले बोल्नुभएको थियो । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादीका पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीको फोक्सो क्यान्सरका कारण ६४ वर्षको उमेरमा उपचारको क्रममा गत असार २२ निधन भएको थियो ।