गोरखाखबर(गोरखा,२६ जेठ)प्रमुख प्रतिपक्ष दद नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रेस स्वतन्त्र कुण्ठित गर्न ल्याएको मिडिया काउन्सिल बिधेयक संसदमा हंगामा गरेर पारित हुन नदिने उद्घोष गर्नुभयो ।
नेपाली काँग्रेस गोरखाको नगर सम्मेलनको आइतवार उद्घाटनमा बोल्दै सभापति देउवाले प्रेस स्वतन्त्र बिना प्रजातन्त्र हुन नसक्ने भएकोले अधिनायकबाद सम्भव नरहेको दाबी गर्नुभयो । सोही कार्यक्रममा बोल्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूह लाई हत्या हिसां छाडेर आउन आग्रह गर्नुभयो । गोरखा नगर सभापति चन्दनबावु खत्रीको अध्यक्षतामा भएको कार्यक्रमा भएको कार्यक्रममा नेपाल महिला संघका सभापति डिला संग्रौला , तरुण दलका सभापति जितजंग बस्नेत ,नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यहरु चिनकाजी श्रेष्ठ र कमला पन्त लगायतले बोल्नुभएको थियो ।