गोरखाखबर(गोरखा,१६ जेठ) । पृथ्वीराजमार्गको मुग्लिङमा बनिरहेको त्रिशुली नदी माथी आर्क ब्रिज निर्माणको अन्तिम चरणको काम गर्न बिहीवार देखि दैनिक ९ घण्टा यातायत आगवन बन्द हुने भएको छ ।
चितवन र तनहुँ लाई जोड्ने निर्माधीन त्रिशुली नदी मुग्लिङ पुलको दुवै तर्फको सडक सतह कटिङ्ग गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकोले २०७६ जेठ १६ देखि ३० सम्म यातायत आवागन बन्द हुने भौत्तिक पूर्वाधार तथा यातायत मन्त्रालय सडक विभाग अन्र्तगत पुल योजना मध्य क्षेत्र सेक्टर २ ले सुचना जारी गरेको छ ।
जेठ १६ गते देखि २० गते सम्म दिउँसो ११ देखि ३ बजे सम्म र राती ९ देखि भोलिपल्ट विहान २ बजे सम्म यातायत आवागमन बन्द हुने जारी सुचनामा उल्लेख छ ।