विद्यालय लाई गोरखा सेवा समाजद्वारा कम्प्युटर सहयोग


गोरखा खबर
  • आइतबार, जेष्ठ ५ २०७६

  • गोरखाखबर(गोरखा,५जेठ) । गोरखा समाज सेवा समाज नेपालले जिल्लाका ४ विद्यालय लाई कम्प्युटर सहयोग गरेको छ । गोरखाको शहिद लखन गाउँपालिकाका राम्चे प्रावि, सिरानचोक गाउँपालिका आहालभन्जाङ्ग मावि, जीवनज्योति मावि र आरुघाट गाउँपालिकाको जमुना आधारभूत विद्यालय लाई ३/३ थान कम्प्युटर सहयोग गरेको हो ।

    समाजले आइतवार सदरमुकाममा आयोजना गरेको कम्प्युटर हस्तान्तरण कार्यक्रममा गोरखा घर भई रोजागारीका क्रममा कतारमा रहेकाहरुले स्थापना गरेको २५ लाख रुपियाँको अक्षयकोषको ब्याजको रकमबाट विद्यालयहरुको शैक्षिक विकास लागि कम्प्युटर प्रदान गरेको गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबावु श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार