नयाँ शक्ति र फोरम एकता, समाजवादी पार्टीको २३ सदस्यीय पदाधिकारी


गोरखा खबर
  • सोमबार, बैशाख २३ २०७६

  • गोरखाखबर(काठमाण्डौं,२३ बैशाख) । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीच एकीकरण भएको छ । उपेन्द्र यादब नेतृत्वको सत्तासीन दोस्रो प्रमुख घटक संघीय समाजबादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच राजधानीको कमलादीस्थित प्रज्ञा भबनबाट सोमबार अपरान्ह एकीकरणको औपचारिक घोषणा गरियो। एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ दिइएको छ ।

    घोषणा सभामा एकीकरण सहमति पत्रमा डा. भट्टराई र यादबले हस्ताक्षर गरेका छन्। यादवले भट्टराईलाई संघीय परिषदको अध्यक्ष घोषणा गरे भने भट्टराईले यादवलाई केन्द्रीय समितिको अध्यक्ष घोषणा गरे ।कार्यक्रममा एकीकृत पार्टीमा अशोक राई वरिष्ठ नेता, राजेन्द्र श्रेष्ठ सहअध्यक्षसहित २३ पदाधिकारी सार्वजनिक गरिएको छ भने दुई पदात्रिकारी पछि थपिने परिषदका अध्यक्ष भट्टराईले जानकारी दिए । ८ उपाध्यक्ष, महासचिव, सहमहासचिव तीन/तीन, चार सचिव र एक कोषाध्यक्ष छन् ।एकीकृत पार्टीमा उपेन्द्र यादव समूह केपी ओली नेतृत्वको सरकारमा छ भने भट्टराई समूह प्रमुख प्रतिपक्षमा छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार