रोगले गोरखामा अलैंची उत्पादनमा कमी, फलेको अलैंचीले पनि मूल्य पाएन


गोरखा खबर
  • सोमबार, बैशाख २३ २०७६

  • गोरखाखबर(गोरखा,२३बैशाख) । केही वर्षयता कीरा लागेर बोट नै मर्न थालेपछि गोरखाका अलैंचीको पकेट क्षेत्रमै उत्पादन घटेको छ । रोगबाट बचेर उत्पादन भएको अलैंचीले समेत भाउ नपाए पछि किसानहरु थप मर्कामा परेका छन । अलैचीमा रोग लागे पछि गोरखा अजिरकोट गाउँपालिका वडा नं ३ लामिडाँडाका किसान छविलाल अधिकारीको आम्दानी घटेको छ । धान फल्ने खेत मासेर दशवर्ष देखि अलैचीको नर्सरी र खेती गरेका अधिकारी अहिले खेती छाड्ने कि गर्ने दोधार पुगेको किसान छबिलाल अधिकारी बताउँछन । गोरखाको अजिरकोट, सुलीकोट,सिरानचोक,भीमसेन, धार्चे र आरुघाट गाउँपालिकामा अलैंची खेती हुँदै आएको छ ।

    अलैंचीमा किरा लाग्ने,गानो कुहिने र बोट सुक्ने लगायतको रोग देखा परेकोले यसको निराकरण गर्न सरसफाईमा ध्यान दिनुका साथै किटनाशक औषधीको प्रयोग गर्नुपर्ने कृषि ज्ञान केन्द्रका गोरखा बागबानी विकास अधिकृत सिर्जना थापाको भनाई छ । अलैंचीको पकेट क्षेत्र अजिरकोट गाउँपालिकामै समेत रोगका कारण अलैंची घटेको र प्रतिकेजी २२ सय रुपैयाँ सम्म मूल्य पाएको अलैंचीको अहिले ४÷५ सय रुपैयाँ मात्र रहेको छ । अलैंचीमा लागेको रोग नियन्त्रण र यसको बजार विस्तारको पहल थालेको अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धिताल बताउँछन ।आर्थिक वर्ष २०७४÷०७५ मा ७१ हेक्टरमा १९ मेट्रिक टन, अलैची उत्पादन भएको गोरखा जिल्लामा यस वर्ष भने ७६ हेक्टरमा १५ मेट्रिक टन मात्र उत्पादन भएको कृषिको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार