गोरखाखबर(गोरखा,२२ बैशाख) । नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्र्चाज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट लाई प्रहरीले पक्राउ गरेको छ । गस्तीमा गएको प्रहरीले टोलीले उनीहरु लाई पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार पक्राउ गरेका हो ।
शंकास्पद दुइजना लाई देखेर सोधपुछ गर्न लाग्दा भाग्न लागे पछि केही बेर तानातान भएको र सो क्रममा सेक्रेटरी भट्टको खुट्टा भाँचिनुका साथै एक प्रहरीको हातमा चोट लागेको प्रहरीले जनाएको छ । ४७ बर्षका कुमाल गोरखा नगरपालिका दश किलोका हुन् भने ३७ बर्षका भट्ट भिमसेन थापा गाउँपालिका मसेलका हुन् ।