गोरखाखबर(बेलायत,२२ बैशाख) । नेपालको दिगो विकासका लागि इन्जीनियरिङ्ग : सम्भावना र चुनौतीका विषयमा बेलायतको लण्डनमा एक दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बेलायतमा रहेका नेपाली इन्जीनियरहरुको संस्था Society of Nepalese Engineers UK (SONEUK) ले आयोजना गरेको सम्मेलनको उद्घाटन बेलायतका लागि नेपाली राजदूत राजुदत डा.दुर्गा बहादुर सुवेदी र नेपाल इन्जीनियर्स एसोशिएसनका अध्यक्ष प्रा.डा.त्रिरत्न बज्राचार्यले संयुक्त रुपमा गर्नुभएको थियो ।
संस्थाको इतिहास ,विभिन्न छलफलमा प्रस्तुत कार्यपत्र ,विज्ञहरुको लेख लाई समेटेर SONEUK द्वारा प्रकाशित गरेको Innovative Technologies and Practices for Nepal नामक स्मारिका ‘ को लोकार्पण गरिएको थियो ।
सम्मेलनमाKathmandu Metro Rail Vision 2040 – डा.विनोदलाल अमात्य, ARCADIS, UK २, Advanced Natural Fibre Reinforced Bio-composites: Sustainable Materials in an Asian Context – Keynote Speaker, प्रा.डा.होमनाथ ढकाल, Portsmouth University, UK ,Tunnel Boring Machine, TBM – High Tech & Advanced Machine ई.बिजय गुरुङ्ग, BYTP, UK , Geopolymer Sand as a Construction Material for Sustainable Development – सहप्रा.डा.इन्द्र आचार्य, IOE, TU, Nepal , नेपालका उद्योगहरुमा उर्जा उन्नतिका उपायहरु (Energy Efficiency Measures in Nepalese Industries) – रामहरी पौड्याल, PHD Student, Swansea University, UK ले कार्यपत्र प्रस्तुत गर्नुका साथै UN-Nepal का डा. मदनबन्धु रेग्मी र WHO-Nepal का सुदन पन्थीले नेपालको सन्दर्भमा आ–आफ्नो प्रस्तुती दिनुभएको बेलायतमा रहेका नेपाली इन्जीनियरहरुको संस्थाSociety of Nepalese Engineers UK (SONEUK) का अध्यक्ष ई.शैलेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।