गोरखाखबर(गोरखा,१९ बैशाख)।गोरखाको पालुङटार नगरपालिका वडा नं ४ कुमाल गाउँमा केटी जिस्काएको निहुँमा कुटपिटबाट जन्ती पक्षका एकजनाको मृत्यु भएको छ । कुटपिट बाट घाइते भएका जन्ती पक्षका ३४ वर्षीय विष्णु बहादुर कुमालको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
लम्जुङ राइनास नगरपालिका–४ अल्काटारबाट बाट पालुङटार आएका जन्ती पक्ष र पालुङटार नगरपालिका कुमाल गाउँमा माइती पक्ष बीच केटी जिस्काएको निहुमा विवाद उत्पन्न हुदा बुधवार कुटपिट भएको थियो ।
पालुङटार दिनभर तनावग्रस्त, प्रहरीद्वारा ४ राउण्ड अश्रुग्यास प्रहार
जन्ती आएका युवक कुटपिट मृत्यु भएको विषयमा लम्जुङ अल्काटारका स्थानीयले दोषी उपर कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै इलाका प्रहरी कार्यालय पालुङटारमा बिहीवार ढुङ्गामुढा गरे पछि प्रहरी स्थिती नियन्त्रणका लागि ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । कुटपिटकको घटनामा संलग्न रहेको आशङ्कामा १२ जना लाई गोरखाका प्रहरी उपरीक्षक भोला रावलले बताए ।