गोरखाखवर (गोरखा,९वैशाख)
समग्र विकास सेवा केन्द्रका कार्यकारी निर्देशक डोरनाथ न्यौपानेको निधन प्रति संस्थाद्वारा दुःख व्यक्त गरेको छ
करिव दुई दशक अघि देखि लागेको मुटु रोगलाई जित्दै समाज विकासको नयाँ अभ्यास सामाजिक परिवार अभियानका कल्पनाकार समेत रहेका न्यौपानेलाई केही महिना अघि देखि छातीमा संक्रमण भएको थियो । न्यौपानेको शहिद गंगालाल हृदयरोग अस्पतालमा गत विहीवार ६२ वर्षको उमेरमा निधन भएको हो । समग्र विकास सेवा केन्द्र केन्द्रीय कार्यालयले शोक विज्ञप्ति जारी गरी सामाजिक अभियन्ताका लागि मार्गदर्शक र प्रेरणाका स्रोत न्यौपानेको निधनले सामाजिक विकास निर्माणमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ । साथै आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने क्षमता मिलोस भन्ने कामना गर्दै समवेदना प्रकट गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।