नेपाली काँग्रेस गोरखाले साँगठनिक जागरण अभियान चलाउने


गोरखा खबर
  • सोमबार, चैत्र २५ २०७५

  • गोरखाखबर(गोरखा,२५ चैत) । नेपाली काँग्रेस गोरखाले जिल्लामा सांगठनिक जागरण अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकामा बैशाख ४ देखि २० गते सम्म जनसम्वाद तथा साँगठनिक जागरण अभियान सञ्चालन गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाले निर्णय गरेको छ ।

    अभियानका क्रममा पार्टीको क्रियाशील सदस्य नविकरण, जनताको समस्या बारे बुझेर सरकार लाई दबाब दिन अभियान सञ्चालन गर्न लागेको सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपानेले जानकारी दिए । अभियान सञ्चालन गर्न केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी सदस्य, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, नगरसभापति, गाउँपालिकाका संयोजक लगायत सम्मिलित विभिन्न समूहमा बनाएको छ । ११ वटै पालिकामा अभियान सञ्चालन गर्ने भनिएता पनि चुमनुब्री र धार्चे गाउँपालिकामा पछि गर्ने सचिव न्यौपानेले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार