गोरखाखबर(गोरखा,१५चैत) । देशको विभिन्न भागमा शुक्रवार देखि ३ दिन मेघ गर्जन सहित क्षणिक वर्षा हुने मौसम पूर्वानुमान रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका शुक्रवार बिहान दिएको जानकारी अनुसार मौसम ३ दिन यस्तो रहनेछ :
जारी मिति : चैत्र १५ गते (शुक्रवार) विहान ६:०० बजे
चैत्र १५ गते (शुक्रबार):
दिउँसोः पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ स्थानहरुमा मध्यान्ह पछी वा साझतिर मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। मध्य र पूर्वी हिमालि भेगका एक दुई स्थानमा हल्का हिमपातको संभावना छ।
रातीः पश्चिमि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकि भू-भागहरुमा आंशिक बदलि रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
चैत्र १६ गते (शनिबार):
दिउँसोः पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदली रहनेछ । पूर्वी पहाडी भेगका थोरै स्थानहरु र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
रातीः पूर्वि र मध्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वि र मध्य पहाडी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
चैत्र १७ गते (आइतवार) :
दिउँसोः पूर्वि र मध्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वि र मध्य पहाडी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
राति: देशभरि नै आंशिक बदलि रहनेछ। पहाडि भेगका एक दुई स्थानमा क्षणिक वर्षाको संभावना छ।