सामूहिक कृषि तथा पशुपालन व्यवसायमा जुटे कल्लेरीका १० युवा


गोरखा खबर
  • बुधबार, चैत्र १३ २०७५

  • गोरखाखबर(गोरखा,१३चैत) ।रोजगारी शिलशिलामा युवाहरु विदेशीने क्रम दिनदिनै बढ्दो छ । तर विदेशमा काम गरेर फर्किएका गोरखा कल्लेरीका १० जना युवाले गाउंमै सामूहिक कृषि तथा पशुपालन गरेर वार्षिक लाखौं आम्दानी गरिरहेका छन । विभिन्न जातका तरकारी खेती ,वरिपरि लहरै केराको गांज ,बीचमा माछा पोखरी,कुखुरा र बंगुर रेखदेखमा तल्लिन युवाहरु ।

    यो गतिविधि गोरखा शहिद लखन गाउंपालिका वडा नं ३ कल्लेरी स्थित लाफा कृषि तथा पशु पालन फर्मको हो । बिदेशमा काम गरेर फर्किएका स्थानीय झक्कल बहादुर थापा सहित १० युवाले विगत ३ वर्ष देखि सामुहिक रुपमा यो कृषि तथा पशुपालन व्यवसाय गरेको लाफा कृषि तथा पशु फर्मका अध्यक्ष झक्कल बहादुर थापाले बताए ।

    प्रतिव्यक्ति २ लाखका दरले कूल २० लाख रुपियांको लगानीमा १० युवाले शुरु गरेको कृषि तथा पशु फर्म बाट अहिले वार्षिक २५ लाख सम्म आम्दानी हुने गरेको कृषि तथा पशु फर्मका अर्का सदस्य कबिर थापाको भनाई छ ।उनीहरुले ४० रोपनी जग्गा भाडामा लिएर विभिन्न कुखुरा ,माछा ,बंगुर पालन गर्नुका साथै विभिन्न जातका तरकारी र केरा खेती गर्दै आएका छन । लाफाको अर्थ मगर भाषामा साथी हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार