गोरखाखबर(गोरखा,१२ चैत ) । गोरखाको पाँचकिलोमा यात्रुबाहक बस र ट्रक मंगलवार साँझ एक आपसमा ठोक्किदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन ।
आँबुखैनी बाट गोरखाको शेरा तर्फ आउँदै गरेको ना.७.ख.२०७० नम्वरको बस र विपरित दिशाबाट गइरहेको ना.५.ख. ५८११ नम्वरको ट्रक गोरखा नगरपालिका वडा नं १३ स्थित पाँचकिलोमा ठोक्किएको हो ।
घाइते मध्ये बसमा सवार वर्ष ४० की सुमित्रा नगरकोटी र वर्ष ४४ का भोजराज नरालको अवस्था गम्भीर रहेको र दुवै जनालाइ थप उपचार लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख दयाराम पौडेलले जानकारी दिए । अन्य घाइतेको तनहुँको आवुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ ।