गोरखाखबर(गोरखा,७चैत) । गण्डकी प्रदेश स्तरीय प्रथम लिगलिग पालुङटार मेयर कप फुटबलको उपाधि गोरखा नगरपालिकाले जितेको छ । पालुङटार हवाई मैदानमा बुधवार भएको फाइनलमा गैडाकोट नगरपालिका नवलपुर २–० ले हराउँदै गोरखाले उपाधि जितेको हो ।
उपाधिको जित संगै गोरखा नगरपालिकाले २ लाख ३४ हजार ५ सय ६७ रुपियाँ नगद पुरस्कार पाएको छ । त्यस्तै उपविजेता गैडाकोटले १ लाख २३ हजार ४ सय ५६ रुपियाँ हात पारेको छ । त्यस्तै सेमिफाइनलिस्ट देबचुली नगरपालिका नवलपुर र पुतलीबजार नगरपालिका स्याङजाले ५४ हजार ३ सय २१ रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । पालुङटार नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका १८ टिमको सहभागीता रहेको थियो ।