गोरखाखबर(गोरखा,५चैत)। मानवसेवा आश्रम गोरखामा स्थापना भएको दुईवर्ष पूरा भएको छ । मानवीयताको कुनै सीमा हुदैन भन्ने मूल नारा लिएर मानवसेवा आश्रमले सडकमा विचल्ली परेका असहाय मानिसहरुको उद्दार गरेर आश्रय दिदै आएको छ ।
मानवसेवा आश्रम गोरखाले दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्ष प्रवेश गरेकोमा अवसरमा मंगलवार सदरमुकाममा सहयोगापेक्षी सडक मानव रहित गोरखा जिल्ला घोषणाका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आश्रमका प्रमुख संरक्षक डा.गोविन्द टण्डन उपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी सडक मानव रहित जिल्ला घोषणा उद्देश्य सहितको अवधारणापत्र पेश गरेका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिकाका मेयर दिपकबावु कँडेल,उपमेयर पम्फा बसेल, जिल्ला स्थित सरकारी कार्यालय प्रतिनिधि र आश्रमलाई सहयोग गर्दै आएका स्थानीयहरुको सहभागीता रहेको थियो ।