गोरखाखबर(गोरखा,४ चैत ) । साँस्कृतिक पर्व होली (फागु)लाई अनुशासित, मर्यादित र सद्भावपूर्ण रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले अनुरोध गरेको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, एक अर्काका इच्छा विपरित प्लाष्टिकजन्य लोला हान्ने, रङ्ग छ्याप्ने, जथाभावी अबिर फाल्ने, अन्य कुनै पदार्थ हान्ने, महिला तथा बालबालिका लगायत बाटो हिड्ने यात्रु लाई हैरानी गर्ने जस्ता उच्छृंखल गतिविधि कानुनद्वारा निषेध गरिएको गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबार जारी गरेको प्रशासकीय अधिकृत गौतम भण्डारीद्वारा हस्ताक्षरित सार्वजनिक सुचनामा उल्लेख छ ।
