गोरखाखबर(गोरखा,१चैत)।गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विप्लव नेतृत्वले अहिले गरिरहेको गतिविधिमा सरकार कानमा तेल हालेर नबस्ने बताउनुभएको छ ।
गोरखामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले जनता माथी आक्रमण गर्ने, नेताहरु लाई ज्यान मार्ने योजना बनाउने र चन्दा असुली गर्ने क्रियाकलाप गरिरहदा पनि केही नगरे कस्तो सरकार भनेर ? प्रश्न उठ्ने बेला आएको समेत तर्क गर्नुभयो । संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र आइसकेको अवस्थामो राजनीतिक मूलधारमा नवसी अलग अलग बस्ने प्रयत्न गर्छ त्यसलाइ राज्यले मूलधारमा ल्याउने प्रयत्न गर्दा गर्दै बम पड्काउने काम गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको भनाई छ ।