गोरखा उद्योग वाणिज्य संघको साधारणसभा


गोरखा खबर
  • शुक्रबार, फाल्गुन २४ २०७५

  • गोरखाखबर(गोरखा,२४फागुन) । गोरखा उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक समारोह बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्घाटन गरे ।

    साधारण सभा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अधिकार प्राप्तीका लागि व्यवसायिक एकता हुनुपर्नेमा जोड दिएका छन । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न राजनितिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    साधारणसभाको बन्दसत्रमा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, सम्पन्न गरेका विभिन्न गतिविधिहरुको समीक्षा, सदस्यता विस्तार तथा नविकरण लगायतको विषयमा छलफल गरिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार