प्रथम मेयर कप २०७५ को तयारी पूरा


गोरखा खबर
  • सोमबार, फाल्गुन २० २०७५

  • गोरखाखबर(गोरखा,२०फागुन) । प्रथम मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । गोरखा नगरपालिकाको आयोजना वडा नं १० छेबेटार खेलमैदानमा मंगलवार देखि शुरु हुन लागेको मेयर कप २०७५ को सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।

    प्रतियोगितामा प्रत्येक वडा बाट १ टिम गरी १४ वटा टिमको सहभागीता रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, द्धितीय हुने टिमले ३३ हजार ३ सय ३३ र सेमीफाइनलिस्ट २ टिमले १२ हजार ३ सय ४५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    खेल तालिका

    फागुन २५ सम्म चल्ने प्रतियोगिताको सहयोगी संस्थाको रुपमा गोरखा जिल्ला फुटबल संघ र स्थानीय सुर्याेदय युवा परिवार छेवेटार रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार