एकीकरण ढिलाईले सात लाख कार्यकर्ता जिम्मेवारी विहीन : प्रवक्ता श्रेष्ठ


गोरखा खबर
  • सोमबार, फाल्गुन २० २०७५

  • गोरखाखबर(गोरखा,२०फागुन)। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएको ९ महिना वितिसक्दा पनि सांगठनिक एकीकरण नहुदा ७ लाख सदस्य जिम्मेवारी विहीन बनेको बताएका छन ।

    गोरखाको चोरकाटेमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता श्रेष्ठले भने–“पार्टीको सांगठनिक एकीकरण ढिलो भएकोमा पार्टीको सबैभन्दा माथिल्लो निकाय सचिवालयको तर्फबाट म माफी माग्न चाहन्छु । ”तर के कारणले गर्दा ढिलाई भयो भनेर समिक्षा गरेर समय खेर फाल्ने बेला नभई अहिले छिटो सांगठनिक एकीकरण गर्ने बेला रहेको प्रवक्ता श्रेष्ठको भनाई छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत लगायतले बोलेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार