गोरखाखबर(गोरखा,६फागुन)। मालपोत कार्यालय गोरखाले सेवा छिटोछरितो बनाउन कम्युटरबाट डिजिटलाइज्ड लिरिम्स प्रणाली त शुरु ग-यो तर, दरबन्दी अनुसार कर्मचारी र दक्ष जनशक्तिको अभावमा मालपोत कार्यालयले शुरु गरेको दोहोरो श्रेस्ता प्रणाली अहिले सेवाग्राही लाई सेवा भन्दा पनि सास्ती बनेको छ ।

जग्गाको रजिस्ट्रेशन, नामसारी, धितोको रोक्का, लिखत पास, ठाडो रोक्का, शंसोधन र दाखिला लगायतका काम मालपोत कार्यालयबाट हुने गरेकोमा नयां प्रणाली शुरु भए पछि झन ढिला भएको सेवाग्राही हिरालाल श्रेष्ठले बताए । प्रमुख अधिकृत सहित २६ दरबन्दी रहेको मालपोत कार्यालय गोरखामा ११ जनाको दरबन्दी रिक्त रहेको छ । कम्युटर अपरेटर पदमा करारबाट कर्मचारी भर्ना गरेर कार्य सञ्चालन गर्नुपरेको मालपोत कार्यालय गोरखाका प्रमुख देबेन्द्र बहादुर थापाको भनाई छ ।लिरिम्स प्रणालीमा जग्गाधनीको फोटो खिच्ने, डिजिटल ल्याप्चेको प्रयोग देखि कर, पुजीगंत लाभकरको जानकारी संकलन र जग्गा कारोवारको एसएमएस मार्फत सम्वन्धित व्यक्ति लाई जानकारी सुविधा छ ।