गोरखाखबर(गोरखा,५फागुन)। गोरखाको मनकामना केबलकारमा शनिवार साँझ परेको चट्याङ्गले क्षति पुगेको छ ।
नेपालकै पहिलो मनकामना केबलकारमा चट्याङ्गले क्षति पुगे पछि आइतवार मर्मतका लागि १ दिन सेवा बन्द गरेको छ ।
मर्मतका लागि सेवा बन्द गर्नुपर्दा यात्रुहरुमा पर्न गएको असुविधा प्रति सञ्चालक संस्था मनकामना दर्शन प्रा.लि.ले सुचना जानकारी गरेर क्षमा मागेको छ । मनकामना जान बिहानै आइपुगेको दर्शनार्थीहरु केबलकार नचले पछि हिडेर मनकामना तर्फ जान बाध्य भएका छन ।