गोरखाखबर(गोरखा,४फागुन) । भूकम्पले भत्किएको गोरखाको लक्ष्मीबजार स्थित महालक्ष्मी माध्यमिक विद्यालयको भवन बन्ने भएको छ । भवनको शनिवार एक समारोह बीच शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले शिलान्यास गरे ।
भारतीय दुतावासको ५ करोड ६७ लाख रुपियाँको सहयोगमा २२ कोठे भवन बन्न लागेको र १५ महिना भित्र निर्माण सक्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक चुडामणि काप्रीले जानकारी दिए ।