शिक्षामा श्रोत व्यक्ति खारेज


गोरखा खबर
  • शनिबार, फाल्गुन ४ २०७५

  • गोरखाखबर(गोरखा,४फागुन) । शिक्षा कार्यालयका प्रतिनिधिका रुपमा श्रोतकेन्द्र नेतृत्व गरिरहेका श्रोतव्यक्तिको दरबन्दी खारेज गरेको छ । गोरखा आएका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल शिक्षाका स्रोत व्यक्तिको दरबन्दी शुक्रवार राती बसेको मन्त्री परिषदकोे बैठकले हटाउने निर्णय गरेको जानकारी दिए ।

    भारतीय दूतावासको सहयोगमा निर्माण हुन लागेको गोरखाको लक्ष्मीबजार स्थित महालक्ष्मी माध्यमिक विद्यालय भवन शिलान्यास पछि पत्रकारहरु संग कुरा गर्दै मन्त्री पोखरेलले श्रोतव्यक्ति अव शिक्षण पेशामै फर्किने र माघ सम्मको पारिश्रमिक उपलब्ध गराउने बताए । देशभरमा एकहजार ५३ जना श्रोत व्यक्ति कार्यरत थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार