गोरखाखबर(गोरखा,३फागुन) । गोरखाबजारको अस्पताल चोकको नाम फेरिएर अव लखन चोक भएको छ । जिल्ला अस्पताल नजिकै हरमटारी ,पाटेचौर र बुंकोट जाने सडकको संगम(चोक)मा बिहीवार नेपालका प्रथम शहिद लखन थापाको अर्धकदको शालिक राखिए पछि लखन चोक नामाकरण गरिएको ।
चोकको नाम लखन चोक राख्ने गोरखा नगर कार्यपालिकाको बिहीवार बसेको बैठकले गरेको निर्णय शुक्रवार सम्पन्न नगरसभाले समेत अनुमोदन गरेको नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए । गोरखा नगरपालिकाको ५ लाख र प्रथम शहिद लखन थापा स्मृति प्रतिष्ठानको गरी कूल ११ लाखको लागतमा निर्माण भएको प्रथम शहिद थापाको अर्धकदको शालिक बिहीवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अनावरण गरेका थिए ।