गोरखाखबर(गोरखा, ३ फागुन) । गोरखा नगरपालिकाको चौथो नगरसभा शुक्रवार सम्पन्न भएको छ । निर्माण व्यवसायी संघको सभाहलमा नगरप्रमुख राजनराज पन्तको सभापतित्वमा सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य सेवा विधेयक, २०७५ र न्यायिक समिति(कार्यविधि)ऐन २०७४ संशोधन विधेयक,२०७५ पारित गरेको छ ।
नगर कार्यपालिकाको बैठकले गत साउन १ देखि फागुन २ गते सम्म गरेको निर्णय समेत नगरसभाले अनुमोदन गरेको छ । सभामा नगरप्रमुख राजनराज पन्तले समयसामयिक सार्वजनिक महत्व वक्तव्य र सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
आर्थिक वर्ष २०७५/०७६ मा स्वीकृत ३ सय १६ वटा योजना मध्ये २ सय ८३ वटा योजना सम्झौता भएकोमा एकसय २ वटा योजना सम्पन्न भएको गोरखा नगरपालिकाले जनाएको छ ।