विकास निर्माणको अनुगमन एक्सन रुमबाट : मुख्यमन्त्री गुरुङ्ग


गोरखा खबर
  • बिहिबार, फाल्गुन २ २०७५

  • गोरखाखबर(गोरखा,२फागुन)। गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्ग विकास निर्माण आइपर्ने समस्या तथा कार्य प्रगति अनुगमनका लागि प्रदेश सरकारले एक्सन रुमको स्थापना गरेको जानकारी दिएका छन ।

    गोरखा आएका मुख्यमन्त्री गुरुङ्गले बिहीवार पत्रकार भेटघाटको क्रममा विकास निर्माणको काम प्रभावकारी बनाउन प्रदेश सरकारले एक्सन रुमको स्थापना र गुनासो सुन्न हेलो मुख्यमन्त्री कार्यक्रम लागु गरेको बताए । मुख्यमन्त्री गुरुङ्गले भने–“ सरकार गठन भएको एक वर्षमा अपेक्षा गरेको सबै काम त गर्न सकिएको छैन तर कामै नभएको भने होइन ।” मुख्यमन्त्री गुरुङ्गले गोरखाका सरकारी कार्यालयका प्रमुखहरु संग समेत भेटघाट गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार