गोरखाखबर(गोरखा,२९माघ) । गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार मन्त्री रामशरणले बस्नेत गाउँ गाउँमा विकासका लागि मूलूक संघीयतामा गएको बताएका छन ।
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं १ निबेलमा प्रदेश सरकारको बजेटमा सम्पन्न पहिलो खानेपानी आयोजनाको मंगलवार उद्घाटन गर्दै मन्त्री बस्नेतले क्रमश बाटो, बिजुली र स्वच्छ खानेपानी लगायतका जनताको विकासको माग लाई प्रदेश सरकारले क्रमश पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले भने “ केही समय अघि सम्म घर घरमा धारा र पिच सडक हेर्न सदरमुकाम लगायतका बजारमा जानुपथ्र्यो । त अब गाउँकै घरघरमा धारा बन्ने छ । अनि गाउँ गाउँका सडक पिच हुनेछ । ”