आरुघाटका भूकम्प पीडितका लागि र्निब्याजी ऋण


गोरखा खबर
  • सोमबार, माघ २८ २०७५

  • गोरखाखबर(गोरखा,२८माघ)।पहिलो किस्ता ५० हजार पाए पनि अरु पैसा अभावमा अझै कतिपय भूकम्प पीडितले घर बनाउन सकेका छैन । तर गोरखाको आरुघाट गाउँपालिकाले विपन्न भूकम्प पीडित घर बनाउन र्निव्याजी ऋण नै उपलब्ध गराएको छ ।

    निजी आवास अनुदानको बाँकी किस्ता पाए पछि तिर्ने गरी प्रतिव्यक्ति १ लाख ऋण दिन गाउँपालिकाले १० लाख रुयियाँको भूकम्प पीडित सहायता घुम्ती कोषको स्थापना गरेको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको भनाई छ ।कार्यविधि निर्माण गरेर नै गाउँपालिकाले भूकम्प पीडित घुम्ती कोषको सञ्चालन गरेको छ ।

    आरुघाट गाउँपालिकाबाट ३५ जना भूकम्प पीडितले ऋण लगेकोमा २७ घर निर्माण भइसकेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार