२५ वर्षमै ६ सन्तानका आमा


गोरखा खबर
  • सोमबार, माघ २८ २०७५

  • गोरखाखबर(गोरखा,२८माघ) । गोरखा गण्डकी गाउंपालिका वडा नं ८ घ्याल्चोक छत्तिनगैराकी २५ वर्षीया मनकुमारी चेपाङ्ग ६सन्तानकी आमा हुन । तर अहिले उनीसंग ३ छोरी १२ वर्षकी विनिता ,२८ महिनाकी निरुता ,१ महिनाकी रन्जिता र ८ वर्षका छोरा नविन चेपाङ्ग रहेका छन । जन्मिएका उनका ६ सन्तान मध्ये २ छोराको २ वर्ष र ७ महिना हुदा मृत्यु भएको मनकुमारी चेपाङ्ग बताउंछिन ।

    उनी जस्तै आर्थिक र शिक्षाको हिसाबले पछि परेका यि चेपाङ्ग समुदायमा अधिंकाशले कम उमेर विवाह गर्ने, बर्षेनी बच्चा जन्माउने समस्या छ । यो समुदायको पुरानो पुस्ता देखि परिवार नियोजन प्रति कुनै चासो छैन । सानो उमेरमा विवाह, बच्चाको जन्मान्तर नहुनु यो समुदायमा आमा र बच्चाको स्वास्थ्य समस्याको कारण भएको चेपाङ्गकै जातिय संस्था नेपाल चेपाङ्ग संघ गोरखाका सचिव भीमलाल चेपाङ्ग बताउंछन । गण्डकी र शहिद लखन गाउंपालिका गरी गोरखामा चेपाङ्ग समुदायको जनसंख्या ३ हजार ४ सय ४६ रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार